Logo

सीता दाहालको निधन:‘फस्ट लेडी’ को हैसियतमा अन्तिम बिदाइ गरिने



काठमाडौं,२७ असार । मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको ‘फस्ट लेडी’को हैसियतमा अन्तिम बिदाइ गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा बसेको आकस्मिक बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।  उनले भनिन्  सीता दाहालको अन्त्येष्टिको समयमा राजकीय सम्मानस्वरुप नेपाली सेनाको दुई सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने निर्णय गरेको छ ।

। साथै बैठकले दाहालको निधनप्रति नेपाल सरकारको तर्फबाट दुःख तथा समवेदना प्रकट गर्ने निर्णयसमेत गरेको छ ।

प्रचण्ड पत्नी दाहालको बिहान ८ बजेर ३३ मिनेटमा ६९ वर्षको उमेरमा नर्भिक अस्पतालमा निधन भएको थियो ।



प्रतिक्रिया दिनुहोस्