Logo

सीता दाहालको निधनः भारतीय प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त



काठमाडौं, २७ असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् । मोदीले आज (बुधबार) सामाजिक सञ्जाल ट्वीटरमार्फत श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

‘श्रीमती सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको छु । @cmprachanda प्रति हार्दिक समवेदना प्रकट गर्दै दिवङ्गत आत्मालाई चिर शान्ति मिलोस् भनी प्रार्थना गर्दछु,’– मोदीले भनेका छन् ।

सीता दाहालको आज विहान ८ः३३ बजे काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो । उनी लामो समयदेखि पार्किन्सनजस्तै लक्षण भएको प्रोग्रेसिभ सुप्ररा न्युक्लिय पाल्सी (पिएसपी) दुलर्भ रोगबाट पीडित थिईन् ।



प्रतिक्रिया दिनुहोस्