Logo

अन्तिम संस्कारका लागि सीता दाहालको पार्थिव शरीर लगियो पशुपति



काठमाडौं, २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको अन्तिम संस्कारका लागि पार्थिव शरीर पशुपति लगिएको छ । अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिएको उनको पार्थिव शरीर पशुपति लगिएको हो ।

आज (बुधबार) विहान ८ः३३ बजे काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको थियो । राजकीय सम्मानसहित उनको अन्तिम संस्कार गरिने तयारी रहेको छ ।



प्रतिक्रिया दिनुहोस्