Logo

सीता दाहालको निधनमा मधेश र सुदूरपश्चिम प्रदेशसभाद्धारा शोक प्रस्ताव पारित



काठमाडौं,२७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधनमा सूदुरपश्चिम र मधेश प्रदेशसभामा शोक प्रस्ताव पारित भएको छ ।

दाहालको निधनमा दुबै प्रदेशसभाले सर्वसम्मतले शोक प्रस्ताव पारित गरेको हो । शोक प्रस्तावपछि १ मिनेट मौनधारण समेत गरिएको छ ।

शोक प्रस्ताव पारित गरेपछि त्यस दिन बैठक नबस्ने प्रचलन अनुसार सभामुखद्धय रामचन्द्र मण्डल र भीम भण्डारीले बैठक भोलि सम्मका लागि स्थगित गरेका छन् ।

आज स्थगित मधेश प्रदेशसभा बैठक असार २८ गते विहान ११ बजे र सुदूरपश्चिम प्रदेशसभा बैठक बिहान ८:३० बजे बस्नेछ ।



प्रतिक्रिया दिनुहोस्