Logo

कोशीका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्ध परेको रिटमा सुनुवाइ सुरू



काठमाडौं,२७ असार । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि सुनुवाई सुरु भएको छ ।

सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा सुनुवाइ सुरु भएको हो ।

गत बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थापाले बहुमतकालागि सभामुख बाबुराम गौतमकोसमेत हस्ताक्षर प्रयोग गरेका थिए । माओवादी केन्द्रबाट निर्वाचित भएर दल त्याग गरिसकेका सभामुख गौतमको समेत समर्थनमा मुख्यमन्त्री नियुक्त भएपछि उनको नियुक्ति खारेजीको मगसहित निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्की सर्वोच्च पुगेका थिए ।

एमालेले नेपाली कांग्रेस कोशी संसदीय दलका नेता थापाले सभामुखसमेतलाई जोडेर दाबी पेस गर्दा मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुख परशुराम खापुङ, सभामुख बाबुराम गौतम र नवनियुक्त मुख्यमन्त्री उद्धव थापालाई विपक्षी बनाएर रिट दायर गरेको छ ।

उक्त रिट यसअघि लगातार तीन दिनसम्म पेसीमा परेपनि हेर्न नभ्याइनेमा परेको थियो ।



प्रतिक्रिया दिनुहोस्