Logo

सिंहदरबारमा बत्ति जाँदा सेवाग्राहीलाई सास्ती



काठमाडौं, २७ असार । मुलुकको मुख्य प्रशासनीक केन्द्र सिंहदरबारमा दुई घण्टादेखि विद्युत अवरुद्ध रहेको छ । आज (बुधबार) विनासूचना दुई घण्टादेखि सिंहदरबारमा विद्युत छैन । विद्युत अवरुद्ध हुँदा सेवाग्राहीहरु त्यसै फर्किनु परेको छ ।

सिंहदरबार छिर्ने पास वितरणको कामसमेत विद्युत अवरुद्ध हुँदा प्रभावित भएको छ । केही समयअघिमात्रै विद्युत अवरुद्ध हुँदा सिंहदरबारको लिफ्टमा एक कर्मचारी १५ मिनेटभन्दा बढि अड्किएका थिए ।

पछिल्लो समय विना सूचना विभिन्न ठाउँमा विद्युत अवरुद्ध भइरहेको छ । File Photo/Reporters Nepal 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot