Logo

कोशीका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्ध परेको रिटमा सुनुवाई सकियो,के आउला फैसला ?



काठमाडौं,२७ असार । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि सुनुवाई सकिएको छ ।

सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा सुनुवाई भएको थियो । लगातार तीन दिनसम्म हेर्न नभ्याइनेमा परेको मुद्धा आज भने सुनुवाई भएको छ ।

गत बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थापाले बहुमतकालागि सभामुख बाबुराम गौतमकोसमेत हस्ताक्षर प्रयोग गरेका थिए । माओवादी केन्द्रबाट निर्वाचित भएर दल त्याग गरिसकेका सभामुख गौतमको समेत समर्थनमा मुख्यमन्त्री नियुक्त भएपछि उनको नियुक्ति खारेजीको मगसहित निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्की सर्वोच्च पुगेका थिए ।

सुनुवाई सकिएसँगै उक्त रिटको फैसला आजै गर्ने तयारी रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot