Logo

मृगौला रोग सुरु हुँदा देखिन्छन् यस्ता लक्षण



  • सविता सिंह ठकुरी

काठमाडौं, २७ असार । मानव शरीरको विभिन्न भागहरुमा विभिन्न रोगहरु लाग्ने गर्छ । शरीरमा लाग्ने विभिन्न प्रकारका रोगहरुबाट बच्न हामीले अनेकौं उपायहरु अपनाएका हुन्छौं । केहि रोगहरु ठीक भएतापनि रोगहरुको कारणले गर्दा कतिपय मानिसहरुको ज्यानसमेत जाने गरेको छ । त्यसैले समयमै रोगहरुको पहिचान गरी उपचार गर्नुपर्छ । प्राणघातक रोगहरु लाग्न नदिन आफ्नो स्वाथ्यको ख्याल गर्नुपर्छ । त्यस्ता रोगहरुमध्ये मृगौला रोग पनि एक हो । जसले कैयौं मानिसहरुको ज्यान जाने गर्दछ ।

हाम्रो शरीरमा दुई वटा मृगौला हुने गर्दछ । मृगौलामा लाखौंको रुपमा नेफ्रोन हुने गर्दछ । जसलाई फङ्सनल युनिट भनिन्छ । जुन नेप्रोनको सहायताले नै मृगौलाले रगतमा भएको विशुद्ध पदार्थहरुलाई छान्ने गर्दछ । मृगौलाले एक मिनेटमा एक सय २० मिलि लिटर रगत छान्छ भने एक दिनमा लगभग एक ७० लिटर छान्ने गर्दछ । जुन छानिएको रगत ९९ प्रतिशत रगतमै शोषित हुन्छ भने एक प्रतिशतमात्रै पिसाबको रुपमा विशुद्ध पदार्थ जाने गर्दछ । शरीरमा भएका विकार पदार्थहरु छानेर शुद्ध बनाउने गर्दछ र विभिन्न रोगहरुबाट बच्न सहयोग गर्दछ ।

विभिन्न कारणले गर्दा धेरै रोगहरु मधुमेह, प्रेसर बढ्दै जाने, काम गर्ने वातावरण नमिल्नु, अनावश्यक औषधि सेवन गर्नाले मृगौलाको रोगहरु बढिरहेको देखिन्छ । हामीले बेला–बेलामा कम्तिमा वर्षको एक पटक मृगौलाको परिक्षण गर्ने बानीको विकास गर्नु पर्दछ । कतिपय मृगौला रोगहरु लक्षणबिना नै पनी देखा पर्ने गर्छ । जब लक्षणहरु देखा पर्छन्, त्यतिबेलासम्म धेरै ढिला भईसकेको हुनसक्छ । मृगौलामा केहि रोगहरु भित्रबाटै वा आन्तरिक रुपमा नै मृगौलाको आफ्नै स्वरुप बिग्रिएर रोगहरु लाग्न सक्छन् ।
यदि मृगौला रोग लागेको सुरुकै अवस्थामा थाहा पाउन सके यसको उपचार सहज र सम्भव पनि छ ।

यस्ता छन् मृगौला रोगको लक्षणहरुः

  • खुट्टा सुन्निनु
  • विहान उठ्दा आँखाको वरिपरि सुन्निनु
  • कमजोरी महशुस हुनु
  • खान मन नलाग्नु
  • वाकवाकी लाग्नु
  • रगतको मात्रा कम हुनु
  • पिसाब बढि लाग्नु
  • पिसाबमा रङ्ग परिवर्तन हुनु र फिँज देखिनु
  • छाला सुख्खा हुनु वा चिलाउनु
  • खुट्टाको मासु फर्किनु


प्रतिक्रिया दिनुहोस्

Screenshot