Logo

विवादमा स्वास्थ्य मन्त्री बस्नेतः कर्मचारीलाई भने, ‘मन्त्रीको गेटमा गएर झुण्डिनुस्’



काठमाडौं, २७ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेत आफ्नो अभिव्यक्तिलाई लिएर विवादमा तानिएका छन् । गत सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले मन्त्रालयले खटाएको कार्यक्षेत्रमा नजाने कर्मचारीको सरुवा फिर्ता नहुने बताउँदै बरु आत्महत्याका लागि डोरी दिन सकिने तर सरुवा फिर्ता गर्न नसकिने बताएका हुन् ।

सरुवा फिर्ताका लागि एक कर्मचारीले मन्त्रालयका सचिवसँग आएर दंग्याएको, घुक्र्याएको बताउँदै उनले भने,– ‘उहाँले केही गर्न पर्यो, आत्महत्या गर्छु भन्नुभयो भन्नुभो (सचिवको भनाई) । उसोभए डोरी लग्दिनुस् भने मैले । डोरी लग्दिनुस्, सचिवज्यूहरुकोमा झुण्डिन अप्ठ्यारो लाग्यो भने मन्त्रीज्यूको गेटमा गएर झुण्डिनुस् भन्दिनु भने मैले । उहाँले (सचिवले) त्यो भनेपछि खुरुक्क उठेर हिँड्नुभयो,’– मन्त्रीले भनेका थिए ।

उनको उक्त अभिव्यक्तिलाई लिएर अहिले सर्वत्र आलोचना भइराखेको छ । मन्त्रीजस्तो जिम्मेवार पदमा रहेको व्यक्तिले नै आत्महत्यालाई प्रोत्साहन गर्ने अभिव्यक्ति दिएको उनीमाथि आरोप लागेको छ ।

 



प्रतिक्रिया दिनुहोस्