Logo

ललिता निवास प्रकरणः सचिव राउतको रिहाईको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट



काठमाडौं, २७ असार । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सचिव कृष्णबहादुर राउतको रिहाईको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ ।राउतको तर्फबाट तिलकबहादुर खड्काले दायर गरेको रिटमा राउतलाई गैरकानुनी रुपमा थुनामा राखेकाले विना शर्त रिहाईको माग गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रहेका राउतलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) को टोलीले विमानस्थलबाट पक्राउ गरेको थियो । उक्त रिटको प्रारम्भिक सुनुवाईका लागि भोलि (बिहीबार) पेशी तोकिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot