Logo

पार्टी उपाध्यक्षहरुसँग गम्भीर छलफल गर्दै एमाले अध्यक्ष ओली



काठमाडौं,२८ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजपनि पार्टी उपाध्यक्षहरुसँग छलफल गर्दैछन् ।

पार्टी सुदृढिकरण र संगठनात्मक विकासका लागि उपाध्यक्षहरुसँग छलफल गर्न थालेका हुन् । ओलीले हिजो पनि उपाध्यक्षहरुसँग छलफलल गरेका थिए । तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएको कारण छलफलबीचमै सकिएको थियो ।

एमालेमा अष्टलक्ष्मी शाक्य,सुवासचन्द्र नेम्वाङ,रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली उपाध्यक्ष र ईश्वर पोखरेल वरिष्ठ उपाध्यक्ष रहेका छन् ।

एमालेले ३० गते सचिवालय बैठक बोलाएको छ। बैठकको कार्यसूची तय गर्न पनि यो बैठकले महत्वपूर्ण भूमिका खेल्ने नेताहरुले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot