Logo

परराष्ट्रमन्त्री साउद भन्छन्: रिक्त ७ राजदूतको नियुक्ति प्रक्रिया छिट्टै टुंगिन्छ



काठमाडौं,२८ असार । परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले विभिन्न ७ स्थानमा रिक्त राजदूत नियुक्ति प्रक्रिया छिट्टै टुंगिने बताएका छन् ।

राष्ट्रिय सभामा सांसदहरूले उठाएका प्रश्नमाथि बिहीबार जवाफ दिँदै परराष्ट्रमन्त्री एनपी साउदले रिक्त सातै स्थानमा राजदूत नियुक्त गर्ने प्रक्रिया अघि बढेको बताएका हुन्। मन्त्री साउदले हाल स्थायी नियोग, न्युयोर्क तथा जेनेभा, क्यानडा, फ्रान्स, थाइल्याण्ड, युएई र कुवेत गरी ७ स्थानमा राजदूत रिक्त रहेको बताए ।

उनले भने, ‘राजदूत नियुक्तिमा सरकारले परराष्ट्रभित्रबाट ५० प्रतिशत र परराष्ट्रबाहिरबाट ५० प्रतिशत गर्ने कार्यविधिको प्रावधान छ । सोही कार्यविधि अनुसार नियुक्त गर्ने सम्बन्धमा उच्च तहमा छलफल भइरहेको छ । यो प्रक्रिया तत्काल टुंगिनेछ भन्ने विश्वास दिलाउन चाहन्छु ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot