Logo

हामी सरकारको स्थायित्वको पक्षमा छौं :  रवि लामिछाने



काठमाडौं,२८ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रास्वपा अहिले सरकारमा जाने रेसमा नरहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित संसदीय मामिला पत्रकार समाजको नवनिर्वाचित पदाधिकारीहरु लाई बधाई तथा शुभकामना दिने कार्यक्रममा बोल्दै पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेले सरकारमा जाने विषयमा पार्टीमा कुनैपनि छलफलल नभएको प्रष्ट पारे ।

‘सरकारमा सहभागी हुने योजना छैन । पार्टीभित्र पनि कुनै छलफल भएको छैन । तर, सरकारको स्थायित्वको पक्षमा भने रास्वपा छ’, उनले भने ।

लामिछानेले संसदीय समितिको नेतृत्व चयनमा रास्वपाको दुईवटा समितिमा नेतृत्वको दाबी गरेका छन् । लामिछानेले सरकराले मिटरब्याजीलाई कारबाही गर्ने अध्यादेश समय सकिनेबेलामा संसद्मा पेस गर्नु शंकास्पद रहेको बताए ।  file photo 



प्रतिक्रिया दिनुहोस्

Screenshot