Logo

स्वास्थ्यमन्त्री बस्नेतको प्रष्टीकरण:  कर्मचारीले सरुवाको पत्र बुझ्न नमानेपछि म कडा भएँ



काठमाडौं,२८ असार । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले दरबन्दी अनुसार स्वास्थ्यकर्मीको व्यवस्थापन गर्न खोज्दा धम्की आएको बताएका छन् ।

बिहीबार राष्ट्रियसभामा विनियोजित बजेटमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री बस्नेतले चिकित्सकको दरबन्दी एउटा जिल्लामा हुने र स्वास्थ्यकर्मी अर्को जिल्लामा हुने समस्याले गर्दा स्वास्थ्यकर्मीको सहज व्यवस्थापन गर्न समस्या भएको बताए ।

कर्मचारीले राजेको ठाउँमा सरुवा नदिए झुण्डिएर मर्छु भन्ने धम्की दिएको र आफुले झुण्डिने भए डोरी दिन्छु भन्ने विवादास्पद अभिव्यक्तिको बचाउ गरे ।उनले कर्मचारीको सजह व्यवस्थापन गरेर सबै क्षेत्रमा सहज सेवा पुर्याउन आफु अलिकती कडा भएको प्रष्टकिरण दिएका छन् ।

पटक-पटक जनताको सेवाका लागि सरुवा गरिएको स्थानमा जान भन्दा एकजनाले नजाने, बरु मन्त्रालयमा झुण्डिएर मर्ने भनेपछि आफूले झुण्डिन पठाइदेऊ भनेको उनले बताए । मन्त्री बस्नेतले भने, ‘केही नलागेपछि अन्तिममा आएर झुण्डिएर मर्छु भन्दाखेरि पठाइदेऊ न त मकहाँ झुण्डिन मैले भनेकै हो ।’

त्यसपछि उनले तुरुन्तै चिठी बुझेको र सरुवा गरिएको अस्पतालमा गएर काम गरिरहेको मन्त्री बस्नेतले बताए । ‘यति नगर्या भए जाँदैजाँदैन थिए । अहिले सबै हिँडिराखेका छन् । फटाफट हिँडिराखेका छन् । त्यो बेलादेखि चिठी बुझेन है भन्ने देखिएको छैन,’उनले भने ।



प्रतिक्रिया दिनुहोस्