Logo

जसरी भएपनि संघीय निजामती सेवा ऐन ल्याएरै छोड्ने सामान्य प्रशासनमन्त्री मोदीको प्रतिवद्धता



काठमाडौं,२८ असार । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संसदको यहि अधिवेशनभित्रमा संघीय निजामती सेवा ऐन ल्याउने प्रतिवद्धता जनाएका छन् ।

बिहीबार विनियोजित बजेटमाथि सांसदहरुले उठाएको जिज्ञासाको जवाफ दिन राष्ट्रियसभामा उपस्थित भएका मन्त्री मोदीले यसपटक जसरी भएपनि ऐन ल्याएरै छोड्ने बताए ।

‘मैले ऐनमा चासो राखेको छु। देखिएका समस्या समाधान गर्न लागिरहेको छु,’ उनले भने, ‘संघीय निजामती सेवा ऐन र अन्य ऐनहरू कसरी ल्याउने भनेर प्रधानमन्त्री र उपप्रधानमन्त्रीले पनि छलफल गर्नुभएको छ।’

उनले छिट्टै संघीय निजामती सेवा ऐन ल्याउने सांसदहरूलाई विश्वास दिलाएका थिए। ‘जसरी पनि संघीय निजामती सेवा ऐन ल्याउँछौं,’ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot