Logo

आगामी आर्थिक वर्षमा थप ९०० मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य



काठमाडौं,२८ असार । उर्जा जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी आर्थिक वर्षमा सरकारले थप ९०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको बताएका छन् ।

बिहीबार विनियोजित बजेटमाथि सांसदहरुले उठाएको प्रशनहरुको जवाफदिन राष्ट्रिय सभामा उपस्थित भएका मन्त्री बस्नेतले आगामी १० वर्ष भित्रमा थप २० हजार मेगावाट विद्युत उत्पाद गर्ने सरकारको लक्ष्य अनुरुप यस आर्थिक वर्षमा थप ९०० मेगावाट विद्युत उपादन गर्ने लक्ष्य लिएको बताएका छन् ।

उनले भने, ‘हाल करिब २७ सय मेगावाट करिब हामीसँग उत्पादनको क्षमता रहेको छ । आगामी वर्ष थप ९०० पु¥याउने राखेका छौँ भने आगामी दश वर्षभित्र निकै महत्वकांक्षी योजनाको फाउन्डेशन तयार गर्न गइराखेका छौँ । २० हजार बढी मेगावाट विद्युत उत्पादन गर्ने हाम्रो लक्ष्य राखेका छौँ । र त्यो अनुसार ऊर्जा विकास दशकको मार्गचित्र र कार्ययोजनाका साथ काम गरिराखेका छौँ ।’



प्रतिक्रिया दिनुहोस्