Logo

इप्पानको नवनिर्वाचित कार्यसमितिलाई ऊर्जा नेपालको बधाई तथा शुभकामना



काठमाडौं, २८ असार । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को नव निर्वाचित कार्यसमितिलाई ऊर्जा नेपालले बधाई तथा शुभकामना व्यक्त गरेको छ।

इप्पान कार्यसमितिलाई बधाई दिन इप्पान सचिवालयमा आएका ऊर्जा नेपालका प्रमुख (चिफ अफ पार्टी) रोबर्ट केरेमरले विद्युत बजारमा खुला पहुँचका लागि ऊर्जा मन्त्रालयसँग काम गरिरहेको बताएका थिए।

इप्पानका अध्यक्ष गणेश कार्कीले नीति बनाउँदा निजी क्षेत्रको आवाजलाईपनि समेट्न आग्रह गरे। ऊर्जा नेपालले नेपालको जलविद्युत क्षेत्रको विकासका लागि नेपाल विद्युत प्राधिकरण, विद्युत नियमन आयोग र ऊर्जा मन्त्रालयलाई चाहिने आवश्यक नीति निर्माणमा काम गरिरहेको क्रेमरले बताए।

इप्पान सचिवालयमा बिहीवार भएको छलफलमा ऊर्जा नेपालका प्रमुख क्रेमर र ई. रामहरी ढकाल उपस्थित भएका थिएभने इप्पानकातर्फबाट अध्यक्ष कार्कीसहित वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी, उपाध्यक्ष आनन्द चौधरी, उत्तम भ्लोन लामा, महासचिव बलराम खतिवडा, उपमहासचिव प्रकाश दुलाल, सचिव कविता कँडेल, सदस्यहरू उत्तर कुमार श्रेष्ठ, शंकर बश्याल, सुमन जोशी, मिथुन पौडेल र टिएन आचार्य उपस्थित भएका थिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot