काठमाडौं,२९ असार । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा आफ्नो पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग प्रतिस्पर्धा गरिरहेको नेपालको ब्याटिङ संकटमा परेको छ ।
श्रीलंकामा जारी प्रतियोगितामा टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले लगातार विकेट गुमाउँदै गएको छ । ओपनर कुशल भूर्तेललाई १ रनमा गुमाएको नेपालले अर्का ओपनर आसिफ शेखलाई १२ रनमा गुमाएको थियो भने भर्खरै कप्तान रोहितकुमार पौडेल ४ रनमा पेविलियन फर्किएका छन् ।
ताजा अवस्थामा नेपालले ५ ओभरको समाप्तिमा ३ विकेट गुमाउँदै २४ रन बनाएर खेलिरहेको छ ।
अहिले नेपालको क्रिजमा अर्जुन साउद र भीम सार्की रहेका छन् ।