Logo

३७ रनमै नेपालको ५ विकेट पतन



काठमाडौं,२९ असार । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा आफ्नो पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग प्रतिस्पर्धा गरिरहेको नेपाललाई पाँचौं झट्का लागेको छ ।

श्रीलंकामा जारी प्रतियोगितामा टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले लगातार विकेट गुमाउँदै गएको छ । ओपनर कुशल भूर्तेललाई १ रनमा गुमाएको नेपालले अर्का ओपनर आसिफ शेखलाई १२ रनमा गुमाएको थियो भने कप्तान रोहितकुमार पौडेल ४ रनमा पेविलियन फर्किएका छन् । त्यस्तै भीम सार्की १ रनमा आउट भएकामा भर्खरै ओपनर अर्जुन साउद १४ रनमा आउट भएका छन् ।

पहिलो ओभरमा उत्कृष्ट प्रदर्शन गर्दै १४ रन जोडेको नेपालले त्यसपछि गतिलो प्रदर्शन गर्न नसक्दा अलआउटको दिशामा अघि बढिरहेको छ ।

ताजा अवस्थामा नेपालले ८ ओभरको समाप्तिमा ५ विकेट गुमाउँदै ३७ रन बनाएर खेलिरहेको छ ।

अहिले नेपालको क्रिजमा कुशल मल्ल र पवन सर्राफ रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्