काठमाडौं,२९ असार । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा आफ्नो पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग प्रतिस्पर्धा गरिरहेको नेपाललाई सातौं झट्का लागेको छ ।
श्रीलंकामा जारी प्रतियोगितामा टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले लगातार विकेट गुमाउँदै गएको छ । ओपनर कुशल भूर्तेललाई १ रनमा गुमाएको नेपालले अर्का ओपनर आसिफ शेखलाई १२ रनमा गुमाएको थियो भने कप्तान रोहितकुमार पौडेल ४ रनमा पेविलियन फर्किएका छन् ।
त्यस्तै भीम सार्की १ रनमा आउट भएकामा ओपनर अर्जुन साउद १७ रनमा आउट भएका थिए । छैठौं विकेटमा रुपमा पवन सर्राफ १ रनमा आउट भएका छन् । भने नेपालका लागि निक्कै आशलाग्दा खेलाडि कुशल मल्ल पनि आउट भएका छन् । उनी १७ रनमा आउट भएका छन् ।
पहिलो ओभरमा उत्कृष्ट प्रदर्शन गर्दै १४ रन जोडेको नेपालले त्यसपछि गतिलो प्रदर्शन गर्न नसक्दा अलआउटको दिशामा अघि बढिरहेको छ ।
ताजा अवस्थामा नेपालले १४ ओभरको समाप्तिमा ७ विकेट गुमाउँदै ६७ रन बनाएर खेलिरहेको छ ।