Logo

कांग्रेसभित्र शक्तिशाली देउवाः महामन्त्रीद्वयले चाहेर पनि सभापति र संसदीय दलको नेता परिवर्तन नहुने



काठमाडौं, २९ असार । नेपाली कांग्रेसको केन्द्रीय कार्यासमितिको बैठक आमागी साउन २ गते बस्दैछ । एक वर्षभन्दा बढी समयपछि बस्न लागेको केन्द्रीय कार्यासमितिको बैठकमा विशेष महाविधेशनको प्रस्ताव आउने धेरैले आँकलन गरेका छन् । साथै कांग्रेसभित्र पार्टी संसदीय दलको नेतामाथि अविश्वासको प्रस्तावको तयारी रहेको पनि बताईन्छ ।

यद्यपि, कांग्रेस केन्द्रीय कार्यासमिति बैठकमा विशेष महाधिवेशनमा नआउने बताउँछन् केन्द्रीय सदस्य नैनसिंह महर । पार्टीभित्र विधानले सभापति, उपसभापति, महामन्त्रीदेखि सदस्यसम्मको आ–आफ्नै जिम्मेवारी र भूमिका रहेको बताउँदै उनले महामन्त्रीद्वयले चाहेरमात्रै पनि अहिले नेतृत्व र संसदीय दलको नेता परिवर्तनको सम्भावना नरहेको उनी बताउँछन् ।

‘आजका दिन बर्करार रहेको नेतृत्वको विरुद्धमा न संसदीय दलबाट नेतृत्व परिवर्तन गर्न सकिने अवस्था छ । न विशेष महाधिवेशनले पार्टीको नेतृत्व परिवर्तन गर्न सक्ने अवस्था छ । एउटै हामीले सक्ने कुरा समयमै महाधिवेशन गर्ने र नेपाली कांग्रेसलाई बलियो पार्टी बनाएर अगाडि लैजाने,’– प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।



प्रतिक्रिया दिनुहोस्