Logo

तोसिमाको बचाउमा ओलीः ‘अभिव्यक्ति तोडमोड गरियो’



काठमाडौं, २९ असार । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ एवं प्रतिनिधि सभा सदस्य तोसिमा कार्कीको अभिव्यक्तिलाई तोड्मोड गरेर बाहिर ल्याइएको भन्दै आपत्ति जनाएका छन् ।

भानु जयन्तीको अवसरमा अनेमसंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको समाज सामाजिक मूल्यबाट स्खलित भएको बताएका हुन् । अहिले समाजमा एउटा पक्षले परपीडक, असत्यमा आधारित र दुष्टतापूर्ण तरिका अवलम्बन गरिरहेको उनको दाबी छ ।

‘कतिपयले अंश कटाएर के प्रशारण गर्छ, के देखाउँछ । अंश कटाएर बोलेको देखाउँदा खेरी त्यो अनर्थ लाग्ने पनि हुनसक्छ । अहिले नेपाली समाजको एउटा पक्ष परपीडक, असत्यमा आधारित र दुष्टतापूर्ण तरिका अवलम्बन गरी सामाजिक मूल्यबाट स्खलित भएको छ । त्यो चिन्ताको विषय छ । आजको सांस्कृतिक हिसाबले ओरालो नलागोस् समाज भनेर हामी सबै सर्तक हुनुपर्ने अवस्था छ,’– ओलीले भने ।

रास्वपा नेतृ तोसिमाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधन हुँदा दिएको अभिव्यक्ति विवादित बनेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot