काठमाडौं,२९ असार । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ नेतृत्वको एक टोली प्रधानमन्त्री निवास बालुवाटार पुगेको छ ।
पत्नी शोकमा रहेको प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर समवेदना व्यक्त गर्न उनीहरु बालुवाटार पुगेका हुन् ।
टोलीमा उपनेता नेम्वाङसँगै उपाध्यक्ष विष्णु पौडेल,उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिव गोकर्ण विष्ट,विमला राई पौडेल लगायतका नेताहरु बालुवाटार पुगेका थिए ।
नेम्बाङ लगायत एमाले सांसदहरुलाई धन्यवाद दिँदै प्रधानमन्त्री प्रचण्डले आफूमाथि पटक पटक पारिवारिक शोक परेका बेला सधैं साथ र शुभेच्छा राखेको बताए ।
‘मलाई यस्तो अप्ठेरो परेका बेलामा तपाईहरु आएर साथ सहयोग दिनुभयो, यसले मलाई विपत्ति सहन ठूलो बल मिलेको छ,’प्रचण्डले एमाले नेताहरुसँग भनेका थिए ।