Logo

ललिता निवास प्रकरणमा सरकारले केही व्यापारी र साना कर्मचारीमात्रै समात्योः रामहरि खतिवडा



काठमाडौं, २९ असार । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य रामहरि खतिवडाले बालुवाटार जग्गा प्रकरणमा सरकारले केही व्यापारी र साना कर्मचारीलाईमात्रै समातेको आरोप लगाएका छन् ।

आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै खतिवडाले उक्त प्रकरणमा जोडिएका जग्गाको व्यवस्थापनमा जोडिएको उच्च पदस्थहरुलाई पनि कारबाहीको दायरामा ल्याउन आवश्यक रहेको बताएका हुन् । राज्यलाई राजश्व तिरेर किन्ने व्यापारीलाईमात्रै नभएर त्यसमा संलग्न ठूला माछाहरुलाई पनि कारबाहीको दायरामा ल्याउन आवश्यक रहेको उनको भनाई छ ।

‘बालुवाटार जग्गा प्रकरणमा केही व्यापारीहरु र साना कर्मचारीलाईमात्रै सरकारले ध्यान दिएको देखिन्छ । त्यहाँका ठूला माछाहरुलाई पनि कारबाही गरौं, व्यापारीहरुलाई मात्र होईन । सरकारको राजश्व तिरेर किन्ने, अनि तिनीहरुलाई कारबाही गर्ने ? व्यवस्थापन गरेर जग्गा विक्री गर्ने मूलहरु को हुन ? तिनीहरुलाई कारबाहीको व्यवस्था गरोस्,’– उनले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्