Logo

संसद्‍मा एमाले सांसद भन्छन् : हाम्रो पुर्खा बरबानर हो



काठमाडौं, २९ असार । एमाले सांसद सूर्यप्रसाद ढकालले मानवहरूको पुर्खा बरबानर रहेको दाबी गरेका छन्।

शुक्रबार प्रतिनिधिसभाको शू्न्य समयममा बोल्दै सांसद ढकालले विज्ञानले मानवजातिको उत्पत्ति र विकासको वैज्ञानिक कारण पत्ता लगाइसेको र मानवहरूको पुर्खा बरबानर रहेको बताएका हुन्।

उनले भने, ‘विज्ञान र प्रविधिको विकासले संसार मुठीमा आइपुगेको छ। विज्ञानले मानव जातिको उत्पत्ति र विकासको वैज्ञानिक कारण पत्ता लगाइसकेको छ। हामी सबै मानवहरूको पुर्खा बर-बानर हो।’



प्रतिक्रिया दिनुहोस्