Logo

विवाहितलाई भन्दा अविवाहितलाई धेरै कर लगाएको भन्दै कांग्रेस सांसद थिङको आपत्ति



काठमाडौं,२९ असार । नेपाली कांग्रेसकी सांसद एवं संसदीय दलकी सचेतक सुशीला थिङले सरकारले विवाहित र अविवाहितलाइ फरक-फरक कर नीति अवलम्वन गरेको भन्दै आपत्ति जनाएकी छन् ।

शुक्रबारको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद थिङले विभेदकारी करनीति खारेज गरी समावेशी करनीति अवलम्वन गर्न माग गरिन् ।

उनले भनिन् ‘‘आन्तरिक राजस्व विभागले विगतदेखि हालको आर्थिक वर्ष २०८०-८१ सम्म वार्षिकरुपमा ६ लाखसम्म आम्दानी गर्ने विवाहितलाई एक प्रतिशत र अविवाहितलाई १० प्रतिशत, त्यसैगरि वार्षिक रुपमा ८ लाखसम्म आम्दानी गर्ने विवाहितलाई १० प्रतिशत र अविवाहितलाई २० प्रतिशत र वार्षिक रुपमा १० लाखसम्म आम्दानी गर्ने विवाहितलाई २० प्रतिशत र अविवाहितलाई ३० प्रतिशत कर लगाइँदै आईएको छ । यही रुपले हेर्ने हो भने यस प्रतिनिधिसभाभित्र विवाहित मननीय सदस्यज्यू हरुले भन्दा अविवाहित माननीय सदस्यहरुले वार्षिक ३० हजार भन्दा बढि कर तिर्नु पर्ने देखिन्छ । यसरी राज्यले विवाहितलाई भन्दा अविवाहितलाई बढि कर लगाएको हुँदा तत्काल यो विभेदकारी कर नीति खारेज गरिओस् । विवाहित र अविवाहितलाई बराबरी करको व्यवस्था गरिओस् भन्ने माग गर्दछु’’ ।



प्रतिक्रिया दिनुहोस्