Logo

पाकिस्तान‘ए’सँग नेपालको फराकिलो हार



काठमाडौं,२९ असार । एसीसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तान ए सँग ४ विकेटको फराकिलो हार ब्यहोरेको छ ।

श्रीलंकामा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गर्न निधो गरेको नेपालले कमजोर प्रदर्शन गर्दै ३३ ओभरमा १७९ रन बनाउँदै आउट भएको थियो । नेपालका लागि सोमपाल कामीले सर्वाधिक ७५ र प्रतिश जिसीले २६ रन बनाउन् बाहेक अन्य ब्याटसम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् ।

नेपालले दिएको १८० रनको सामान्य लक्ष्य पाकिस्तानले ३२ दशमलव ५ ओभरमा मात्र ६ विकेट गुमाएर पुरा गर्यो । पाकिस्तानका लागि अमिर विन यूसुफले ३६,सईम आयूवले २४, हसेन बुल्लाहले १२ रनको योगदान गरे ।

बलिङतर्फ नेपालका ललित राजवंशीले ३ तथा पवन सर्राफले २ विकेट लिए भने कुशल मल्लले एक विकेट लिए ।



प्रतिक्रिया दिनुहोस्