Logo

बधु शिक्षाजस्ता काव्य रचना गर्नु भानुभक्तका लागि सोभनीय थिएनः ओली



काठमाडौं, २९ असार । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले भानुभक्तका रचनामा परिवर्तनका अग्रगामी चेतना नपाइने टिप्पणी गरेका छन् ।

आज (शुक्रबार) भानु जयन्तीको अवसरमा पार्टी निकट अनेमसंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भानभक्तका रचनामा प्रगतिशीलता र समाजमा उल्लेख्य सुधारको आह्वान नरहेको उनले टिप्पणी गरेका हुन् ।

भानुभक्तले जेल, अड्डा अदालतका विषयमा केवल आफ्नोमात्रै पीडा पोखेको उनको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्