काठमाडौं, २९ असार । सत्तारूढ सात दलका विद्यार्थी संगठनहरूले संयुक्त शोक वक्तव्य निकालेका छन्।
माओवादी केन्द्रका सल्लाहकार परिषद्का सदस्य तथा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधनप्रति सत्तारूढ सात दलका विद्यार्थी संगठनहरूले संयुक्त शोक वक्तव्य निकालेका हुन्।
दुजाङ् शेर्पा नेतृत्वको नेविसंघ, पञ्चासिंह नेतृत्वको अखिल क्रान्तिकारी, माधव पन्त नेतृत्वको अनेरास्ववियू, प्रकाश शाही नेतृ्त्वको अखिल क्रान्तिकारी, रमेश यादव नेतृत्वको समाजवादी विद्यार्थी युनियन नेपाल, देवेन्द्र कुवर नेतृत्वको अखिल छैठौं, नेत्र चापागाई नेतृत्वको नेपाल समाजवादी विद्यार्थी युनियनले शुक्रबार संयुक्त शोक वक्तव्य निकाल्दै स्व दाहालको योगदान भावि पुस्ताको लागि अनुकरणीय सिकाई हुने बताएका छन्।