काठमाडौं, २९ असार । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू र नेपालका परराष्ट्रमन्त्री एनपी साउदबीच भेटवार्ता भएको छ।
उनीहरूबीच परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो।
लूले यस अगाडि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि भेटेका थिए।
शुक्रबारमात्रै नेपाल आएका मन्त्री लूले शीर्ष पार्टीका शीर्ष नेताहरूलाई भेट्ने कार्यसूची रहेको छ।