Logo

ललिता निवास प्रकरण : सञ्चार सचिवको निवेदनमा पनि अन्य पक्राउ परेकाहरूसँगै सुनुवाई हुने



काठमाडौं, २९ असार । ललिता निवास जग्गा प्रकरणअन्तर्गत पक्राउ परेका सञ्चार तथा सूचना मन्त्रालयका सचिव कृष्णबहादुर राउतको निवेदनमाथि पनि अन्य पक्राउ परेकाहरूको सुनुवाईसँगै हुने भएको छ।

शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्धय सुष्मालता माथेमा र डा कुमार चुडालको संयुक्त इजलासले सचिव राउतले पेश गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनपनि अन्य पक्राउ परेकाहरूको निवेदनसँगै राखेर ल्याउन आदेश दिएको हो।

बिहीबार २४ घण्टाभित्र सचिव राउतलाई अदालतमा हाजिर गराउन सर्वोच्चले आदेश दिएको थियो।

योसँगे सो प्रकरणमा पक्राउ परेकाहरूको बन्दीप्रत्यक्षीकरणको निवेदनमा एकैसाथ सुनुवाई हुने भएको छ।



प्रतिक्रिया दिनुहोस्