Logo

एमाले नेता बस्नेतको पहलमा कौशलटार र गठ्ठाघरमा दैनिक थप ११ लाख लिटर खानेपानी वितरण सुरू



काठमाडौं, २९ असार । एमालेको पोलिटव्युरो सदस्य महेश बस्नेतको पहलमा मध्यपुर थिमी नगरपालिकाको कौशलटार र गठ्ठाघर क्षेत्रका घरहरूमा दैनिक ११ लाख लिटर थप खानेपानी वितरण सुरू भएको छ।

कौशलटारमा गरिएको डिपवोरिङबाट दैनिक सात लाख र गठ्ठाघरकोबाट पाँच लाख लिटर खानेपानी वितरण गर्न सकिने आयोजनाले जनाएको छ। नेता बस्नेतको पहलमा केयुकेएलबाट प्राप्त दुई करोडको लगानीमा गठ्ठाघर र कौशलटारमा दुई वटा डिपवोरिङ निर्माण गरिएको हो।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको आयोजनामा डिपवोरिङको माध्यमबाट कौशलटारमा दैनिक सात लाख र गठ्ठाघरमा पाँच लाख लिटर गरी ११ लाख लिटर खानेपानीको थप वितरण सुरू गरिएको हो।

कौशलटारमा सात सय परिवारलाई पुग्ने खानेपानी सुरू गरिए पनि केही दिन भित्रमा नै स्थानीयवासीको घरघरमा पुग्ने गरी वितरण गरिने केयुकेएलले जानकारी दिएको छ। गठ्ठाघरमा पहिले नै खानेपानी वितरण सुरू गरि सकिएको छ।

मध्यपुर नगरपालिकामा खानेपानीको सवैभन्दा बढी समस्या रहेको कौशलटार र गठ्ठाघरमा उक्त डिपवोरिङ सञ्चालनमा आएसँगै ठूलो राहत हुने स्थानीयवासीको बुझाई रहेको छ। उक्त डिपवोरिङबाट दैनिक सात सय धारामा खानेपानी वितरण गर्न सकिने भएपनि तत्कालको लागि भने करिव चार सयमा मात्र वितरण गर्ने बताइएको छ।

उक्त डिपवोरिङबाट उत्पादित पानीलाई ट्रिटमेन्ट (प्रशोधन) गर्नुपर्ने भएकाले तत्कालका लागि भने खानेपानीको वाहेक घरायासी प्रयोग मात्र गर्न सकिने केयुकेएल मध्यपुर थिमीका प्रमुख अनिलकुमार त्रिखत्रीले जानकारी दिए।

आगामी आर्थिक वर्षमा करिव तीन करोड बजेट व्यवस्थापन गरी ट्रिटमेन्ट प्लान्ट निर्माण गरी पानी प्रशोधन गरेपश्चात मात्र पिउन योग्य पानी आउने उनले बताए।



प्रतिक्रिया दिनुहोस्