Logo

सभापति देउवाविरुद्ध थप आक्रमक हुँदै महामन्त्रीद्वय 



काठमाडौं, ३० असार । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक विगत एक वर्षदेखि बस्न सकिरहेको छैन । गत वर्षको असार २७ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकपछि एक वर्षसम्म बैठक बस्न सकिरहेको छैन । कांग्रेसले आगामी साउन २ गते   केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । तर, पनि अझै बैठक निश्चित छैन ।
केन्द्रीय समिति बैठकमा विशेष महाधिवेशनको प्रस्ताव लाने तयारी रहेको बुझेका देउवाले आगामी बैठक  राख्नेमा पनि केन्द्रीय सदस्य विश्वस्त छैनन् । त्यसैगरी कांग्रेसमा संसदीय दलको नेता परिवर्तनको आवाज पनि व्यापक बनेको छ । पार्टी महामन्त्री गगनकुमार थापालाई संसदीय दलको नेता बनाउने पक्षमा युवा नेताहरुले लविङ गरिरहेका छन् । त्यसैगरी, कांग्रेसभित्रको नेतृत्व परिवर्तनको चाहना अन्य प्रतिस्पर्धी दलहरुमा पनि रहेको छ ।
यसैबीच महामन्त्री थापाले कांग्रेस संसदीय दलको नेता परिवर्तनमा आफ्नो प्रयास निरन्तर रहने बताएका छन् ।  आज (शनिबार) विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले पार्टीका साथीहरुको साथ र सङ्ख्या पुगेको अवस्थामा संसदीय दलको नेता परिवर्तनका लागि सार्थक प्रयास हुने स्पष्ट पारेका थिए ।
उनले पार्टीको विधानले संसदीय दलको नेता परिवर्तन गर्न स्थान दिएको र पार्टीभित्र पटकपटक प्रयोग हुनाका साथै नेता परिवर्तन भएको उदाहरण रहेको बताए ।  महामन्त्री थापाले केन्द्रीय समितिको बैठकले नीति महाधिवेशनको मिति तय गर्नाका साथै  नीति अधिवेशनले  निर्वाचनमा राजनीतिक दलहरुबीच गठबन्धन गर्ने राजनीतिक संस्कृतिको अन्त्य गर्नाका साथै नयाँ बाटो खोज्ने बताए ।
महामन्त्री थापाको अभिव्यक्तिपछि सभापति देउवाले फेरि केन्द्रीय कार्यसमितिको बैठकको मिति सार्न निश्चित रहेको छ ।
कांग्रेसभित्र बेथितिको चाङ छन् । कार्यसम्पादन समितिको हरेक निर्णयलाई केन्द्रीय समितिको बैठकले पास गर्नपर्ने विधानमा व्यवस्था भएपनि त्यसको अभ्यास भइरहेको छैन ।  साथै, विधानले दुई–दुई महिनामा केन्द्रीय समितिको बैठक बस्नुपर्ने भनेपनि त्यो समेत कार्यान्वयनमा आउन नसकेको अवस्था छ । केन्द्रीय कार्यालयले जिल्ला सभापतिहरुको बैठक राख्दा केन्द्रीय कार्यासमितिलाई जानकारीसमेत दिइएको थिएन । सभापति देउवा पनि उक्त बैठकमा सहभागी भएका थिएनन् ।
कांग्रेसभित्र लोकतान्त्रिक अभ्यासका भावनाहरु माथि कुल्चिने प्रयास गर्ने र विधान कार्यान्वयन नगर्ने प्रवृत्ति बढेरर गएको पार्टीका नेताहरु बताउँछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot