Logo

मनास्लु एसईई सम्मानमा १ सय २५ विद्यालय र विद्यार्थी सम्मानित



काठमाडौं, ३० असार । मनास्लु एसईई सम्मानको तेस्रो संस्करण सम्पन्न भएको छ। मनास्लु वल्र्ड कलेजको आयोजनामा आयोजित कार्यक्रममा १ सय २५ विद्यालय र विद्यार्थीहरूलाई सम्मान गर्दै मनास्लु एसईई सम्मानको तेस्रो संस्करण सम्पन्न भएको हो।

एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल १ सय २५ वटा विद्यालयका विद्यार्थी र विद्यालयहरूलाई कलेजले प्रमाण पत्र सहित सम्मान गरेको हो ।

कार्यक्रममा बोल्दै मनास्लु वल्र्ड कलेजका क्याम्पस प्रमुख राजन श्रेष्ठले, मनास्लु कलेजले विद्यार्थीको भविष्य सँगसँगै लक्ष्य प्राप्तिका लागि कुनै कदम बाकी नराखेको बताए।

उनले एसईईमा परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई बदाई तथा शुभकामना व्यक्त गर्दै आफ्नो भविष्य निर्माणका लागि मनास्लु कलेज रोज्न विद्यार्थीहरूलाई आग्रह गरे।

साथै, उनले मनास्लु वल्र्ड कलेजले अमेरिकन हस्पिटालिटि एकेडेमी सँगको सहकार्यमा कक्षा ११/१२ का विद्यार्थीहरूलाई सफ्ट स्किल डेप्लोमेन्ट ट्रेडिङ प्रोग्रामको शुरूवात गरेको बताए।

त्यस्तै, कलेजका पूर्व छात्रा आकृति खापुङले मनास्लुबाट आफुले धेरै कुरा सिक्ने अवसर पाएको र यो अवसर नगुमाउनुहुन एसईई उतिर्ण विद्यार्थीहरूलाई आग्रह गरे। उनले मनास्लुले धेरै अवसरहरू प्रदान गर्ने र यसबाट लाभ लिएर अगाडि बढ्नु पर्ने उनले बताए।

त्यस्तै, कलेजका अध्यक्ष गेन्द्र लामाले कार्यक्रमको समापन गर्दै एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गर्न पाएकोमा धन्यवाद व्यक्त गरे। उनले विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणार्थ मनास्लु वल्र्ड कलेज कटिबद्ध रहेको बताए।

त्यस्तै, कार्यक्रममा मनास्लु कलेजका अध्यक्ष गेन्द्र लामा, क्याम्पस प्रमुख राजन श्रेष्ठ, मनास्लु टिम अफ इन्टरपेनरका फाइनासियल डाइरेक्टर मीन कुमार मोक्तान, सह क्याम्पस प्रमुख गोपाल श्रेष्ठले लगायत विभिन्न विद्यालयका प्रधानाध्यापक सहित विभिन्न तह र तप्काका व्यक्तिहरूको सहभागी रहेको थियो।

कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरेका थिए। मनास्लु कलेज चावहिल चुच्चेपाटि क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल कलेज हो।



प्रतिक्रिया दिनुहोस्