काठमाडौं, ३० असार । नेकपा (एमाले) सचिवालय बैठक ६ प्रस्ताव पारित गर्दै सकिएको छ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा शनिबार बसेको बैठकले विभिन्न ६ प्रस्ताव पारित गर्दै सकिएको हो।
बैठकले कोसी प्रदेश सरकार भंग गरी नयाँ निर्माण प्रक्रिया अपनाउनपर्ने, किसानलाई मल उपलब्ध गराउन र मिटरब्याजसम्बन्धी विधेयक तत्काल संसद्मा ल्याउनेलगायतका माग गरिएका छन्।