Logo

अर्थमन्त्री डा.महत भारत प्रस्थान



काठमाडौं,३१ असार । अर्थमन्त्री डा.प्रकाशशरण महत भारत प्रस्थान गरेका छन् ।
जी ट्वेन्टी फाइनान्स ट्रयाक बैठकमा सहभागी हुन अर्थमन्त्री महत आइतबार बिहान भारत प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार अर्थमन्त्री महतको साथमा वैदेशिक मामिला हेर्न सहसचिव श्रीकृष्ण नेपाल र महतका निजी सचिव युवराज पाण्डे रहेका छन् ।

सोमबार र मंगलबार भारतको गुजरातमा जी ट्वेन्टी फाइनान्स ट्रयाक बैठक हुने छ । यसमा विभिन्न देशका अर्थमन्त्री तथा गर्भनरसहितको सहभागिता रहनेछ ।

अर्थमन्त्री महत बुधबार स्वदेश फर्किने कार्यतालिका छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot