काठमाडौं,३१ असार । लुम्बिनी प्रदेशसभामा रहने विभिन्न विषयगत समिति र ति समितिमा रहने सदस्यहरुको नाम अनुमोदन भएको छ ।
शनिबार बसेको प्रदेशसभाको बैठकमा सभामुख तुलाराम घर्तीले समितिमा रहने नामहरु पढेर सुनाएका थिए भने सभाले ति नामहरु सर्वसम्मतिले पारित गरेको छ ।
प्रदेश सभाको दोस्रो अधिवेशनको १९औं बैठकले समितिमा रहने सदस्यहरुको अनुमोदन गरेको हो ।
शनिबार बसेको बैठकबाट प्रदेशसभामा रहने ६ वटा समिति र ति समितिमा रहने सदस्यहरुको नाम अनुमोदन भएको हो ।
यी हुन् समितिमा रहने सदस्यहरु र समिति
१.भौतिक पूर्वाधार तथा विकास समिति
यस समितिको सदस्यहरुमा सरोज थापा,चेतनारायण आचार्य, डिल्लीराज भुसाल, मधुसुदनशरण चौधरी कुर्मी, इन्द्रकुमारी गहतराज, विरबहादुर राना, बादशाह कुर्मी माया पुन,कृष्णा कुश्मा थारु,गीता गुरुङ, सुरुल पुन, निर्मलादेवी चौधरी, आदेशकुमार अग्रवाल, र खड्ग बस्नेत रहेका छन् ।
२.प्रदेश मामिला तथा कानुन समिति
यस समितिका सदस्यहरुमा रत्नबहादुर खत्री, चिन्तामणि पाण्डे, यमुना रोका तामाङ, निमा गिरी, भुवनेश्वर चौधरी, जमुना ढकाल, सुधाकर पाण्डेय, इन्द्रजीत चौधरी, राजकुमार चौधरी र आशिषकुमार चौधरी,भोजप्रसाद श्रेष्ठ, दिनेश पन्थी रहेका छन् ।
३.सामाजिक विकास समिति
यस समितिमा धनबहादुर केसी,सुशीला बादी, मिनाकुमारी बोहोरा, भूमिश्वर ढकाल, नवराज लामिछाने, रेखाकुमारी शर्मा, सरिता पुन, वसीउद्धिन खाँ, लोकीकुमारी विक, यमबहादुर नेपाली सार्की, जानकीप्रसाद यादव र तारा थापा सदस्य रहेका छन् ।
४.कृषि,वन तथा वातावरण समिति
यस समितिमा अर्जुनकुमार केसी, दुर्गाप्रसाद चौधरी, तुल्सीराम शर्मा, राजुप्रसाद श्रेष्ठ, शान्त लोध, मालती सोडारी, विश्वप्रेम पाठक, देवीप्रसाद चौधरी, जोखबहादुर महरा, मिना बुढामगर, मिनाकुमारी श्रेष्ठ, अम्बिका काफ्ले, सुमन शर्मा रायमाझी र भगवती अधिकारी सदस्य रहेका छन् ।
५. अर्थ,उद्योग र पर्यटन समिति
यस समितिमा तुलसीप्रसाद चौधरी,खेमबहादुर सारु, वसन्ती न्यौपाने, सायरा बनो, जन्मजय तिमिल्सिना, देवकरणप्रसाद कलवार, प्रचण्डविक्रम न्यौपाने, अनुराग खड्का, दिलकुमारी बुढा, भगवतीकुमारी थरुनी, कृष्णा केसी र हेमा बेल्बासे केसी सदस्य छन् ।
६.सार्वजनिक लेखा समिति
सार्वजनिक लेखा समितिको सदस्यहरुमा विष्णुप्रसाद पन्थी, गिरीधारीलाल न्यौपाने, रामजीप्रसाद घिमिरे, सीता शर्मा, जानकी न्यौपाने, अब्दुल रज्जाक गद्धी, बैजनाथ कलवार, धनेन्द्र कार्की, धनलक्ष्मी श्रेष्ठ, दिपेन्द्र कुमार पुनमगर, नरमाया ढकाल र कन्हैया बाँनिया छन् ।