Logo

सेनाको संख्या घटाउने बारेको विवादास्पद अभिव्यक्तिप्रति स्वर्णिम वाग्लेले दिए यस्तो प्रष्टीकरण



काठमाडौं,३१ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं अर्थविद्ध डा.स्वर्णिम वाग्लेले केही दिन पहिले प्रतिनिधिसभाको बैठकमा नेपाली सेनाको संख्या घटाएमा देशको खर्च घटाउन सकिन्छ भनेर दिएको अभिव्यक्तिप्रति प्रष्टीकरण दिएका छन् ।

आइतबार सामाजिक सञ्जालमा प्रष्टीकरण दिँदै वाग्लेले प्रधान सेनापतीसँग छलफल गरेरनै उक्त अभिवयक्ति व्यक्त गरेको बताएका छन् ।

उनले प्रस्टीकरण दिँदै लेखेका छन् ‘‘नेपाली सेनाको गौरवशाली इतिहास छ । यो संस्थाको शान झन् बढाउँदै लानुपर्छ । जिम्मेवार सांसदका रूपमा बोल्नुअघि मैले प्रधान सेनापतिज्यूसँग नै भेटेर छलफल गरेँ । अहिलेको आकारबाट धेरै काम गर्नुपर्दा सैनिक संस्था चापमै रहेको बुझेँ र उहाँको यो कुरा मैले संसद्मै राखेँ । अबको बाटो भनेको एकीकृत सुधारको योजना तीन वटै सुरक्षा निकाय आफैले पेस गरुन् र त्यो प्रक्रियामा राजनीतिक सहमति होस, जे गरिन्छ, सुरक्षा निकायकै सम्मतिमा गर्नुपर्छ । आवश्यक भए सङ्ख्या बढाउने, आधुनिकीकरण मार्फत कुल सङ्ख्या घटाउने, वा यथावत् राख्ने । बोझिलो बन्दै गएको सङ्घीयता र कर्मचारी संयन्त्रमा पनि सुधार गर्नुपर्छ । वित्त र सुरक्षा नीति दुबैमा संवेदनशील भएको एउटा राष्ट्रिय दलले गर्ने यही हो ।’ 



प्रतिक्रिया दिनुहोस्

Screenshot