Logo

केन्द्रीय समिति बैठकका लागि महामन्त्री थापाले मागे सुझाव



काठमाडौं, ३१ असार । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केन्द्रीय समितिको बैठकका लागि सुझाव मागेका छन्।

साउन २ गते पार्टी कार्यालयमा बस्ने केन्द्रीय समितिको बैठकमा उठाउनुपर्ने मुख्य विषय र एजेण्डाहरूको बारेमा आफ्नो विचार र सुझाव माग गरेका छन्।

उनले ११ महिनापछि केन्द्रीय समिति बैठक बसिरहेको र समसामयिक राजनीतिक परिस्थिति र पार्टीको सांगठनिक गतिविधिलगायतका विषयमा छलफल हुने बताएका छन्।

उनले लेखेका छन् :
करिव एघार महिनाको अन्तराल पछि नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ। बैठकमा समसामयिक राजनीतिक परिस्थिति र पार्टीको सांगठनिक गतिविधि लगायतका विषयमा छलफल हुनेछ । यस बीचमा विभिन्न जिल्लामा पुग्दा पाएका सुझाव र सल्लाहलाई केन्द्रीय कार्यसमितिमा राख्ने नै छु। नेपाली कांग्रेसको बैठकमा राख्नुपर्ने विषय र एजेण्डाका बारेमा आफ्ना विचार र सुझाव दिन चाहानुहुन्छ भने कृपया मेरो व्यक्तिगत इमेल ([email protected]) अथवा यसै पोस्टको कमेन्टमा राख्नुहुन सम्पूर्ण गाउँ-नगर, टोलमा रही नेपाली कांग्रेस र चार तारे झन्डालाई माया गर्नु हुने कांग्रेसजन र सुभेच्छुकहरूमा आग्रह गर्न चाहान्छु। जय नेपाल!



प्रतिक्रिया दिनुहोस्

Screenshot