Logo

मिटरब्याजसम्बन्धी विधेयक आजै पारित हुने



काठमाडौं, ३१ असार । मिटरब्याजसम्बन्धी विधेयक आजै पारित हुने भएको छ।

प्रतिनिधिसभाको आज(आइतबार) बस्ने बैठकले मिटरब्याजसम्बन्धी विधेयक पारित गर्ने तयारी गरेको छ।

प्रतिनिधिसभा कार्यव्यवस्था समितिको आइतबार बसेको बैठकले मिटरब्याजसम्बन्धी विधेयक आजै पारित गर्ने सम्पूर्ण दलहरूले सहमति गरेका छन्।

बैठक १ बजेका लागि बोलाएको थियो तर कार्यव्यवस्था समितिको बैठकका कारण ढिलाई भएको हो।



प्रतिक्रिया दिनुहोस्

Screenshot