काठमाडौं, ३१ असार । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सरकारले सहकारी नियमन गर्न शक्तिशाली संस्थाको परिकल्पाना गर्नुपर्ने बताएका छन्।
आइतबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै महामन्त्री शर्माले सहकारीकर्मीहरू आन्दोलनमा रहेको र सरकारले त्यसलाई नियमन गर्नुपर्ने बताएका हुन्।
उनले भने, ‘सहकारीकर्मीहरू आन्दोलनमा छन्। केही सहकारीको कमजोरीका कारण देशका सयौं सहकारी आलोचित भएका छन्। सरकारले यसलाई नियमन गर्ने शक्तिशाली संस्थाको परिकल्पना गर्नुपर्ने हो।’