Logo

कृषि मन्त्रालयको नाम परिवर्तन गरी कार्याकर्ता मन्त्रालय राखिओस्: ज्ञानेन्द्र शाही



काठमाडौं,३१ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं सांसद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले किसानका समस्यामा सरकार मुकदर्शक बनेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

आइतबारको प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै शाहीले गत असार २८ गते जुम्लाका विभिन्न स्थानमा परेको चट्टयाङका कारण ठूलो संख्यामा पशु चौपायाको क्षति हुँदापनि सम्बन्धित मन्त्रालयको ध्यान नगएको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

किसानका समस्यामा मल्हम लगाउन र क्षतिपूर्ती उपलब्ध गराउन सम्बन्धित मन्त्रालय तोकिएपनि उक्त मन्त्रालय वास्तविक किसानसँग भन्दा धेरै आफ्ना पाटीका कार्यकर्तासँग जोडिएको कारण कृषि मन्त्रालयको नाम फेरेर कार्यकर्ता मन्त्रालय राख्न माग गरे ।

उनले भने ‘किसानलाई क्षतिपूर्ती दिन भनेर अरबौं रकम जान्छ, तर त्यो क्षतिपूर्ती आजसम्म किसानकहाँ पुग्न सकेको छैन । यहाँ कृषि मन्त्रालय छ । कृषिमन्त्री हुनुहुन्छ । अब यो कृषि मन्त्रालय र कृषिमन्त्रीको नाम फेरौं र कार्यकर्ता मन्त्रालय र कार्यकर्तामन्त्री राखौं । किनकी अरबौं रकम किसानकहाँ गएको छ । मन्त्रालयबाट, तर वास्तविक किसानकहाँ पुग्दैन कार्यकर्ताकहाँ मात्रै पुग्छ । जिल्ला जिल्लामा कृषि कार्यालय छ तर कृषि कार्यालयले किसानको काम गर्नुको साटो पार्टीको काम गर्छ । जुम्लामा ५ बोट स्याउ लगाउनेले १८ लाख सरकारबाट राहात रकम पाएको छ यस्तो बेथितिको अन्त्य कहिले हुन्छ ?’।



प्रतिक्रिया दिनुहोस्

Screenshot