Logo

एमालेलाई किसान श्रेष्ठको आग्रह: कृपया संसद्मा नौटंकी बन्द गरिओस्



काठमाडौं,३१ असार नेकपा एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठ किसानले संसद्मा राजनीतिक दलहरुका गतिविधिप्रति आपत्ति जनाएका छन् ।

आइतबारको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै श्रेष्ठले नेकपा एमालेलाई लक्षित गर्दै भनाइ र गराईमा फरक फरक देखिएको टिप्पणी गरे ।

उनले नेता र नेतृत्वलाई भनाइ र गराई एउटै किसिमको गर्न सुझाव दिँदै संसद्मा हुने नौटंकी बन्द गर्न आग्रह गरे ।

‘जब-जब मधेश, मधेशी र मधेशमा बसोबास गर्ने जनताहरुको अनुहारमा खुसीयाली आउने विधेयकहरु संसदमा प्रस्तुत हुन्छन् । तब तब केही पार्टीहरुले पाँच बित्ता उफ्री उफ्री सदन अवरुद्ध गरिन्छ’ उनले भने,‘तर केही दिन पछि त्यही पार्टीका आदरणीयहरुले सात बित्ता उफ्रिएर त्यही विधेयक प्रस्तुत गरियोस् भनिन्छ । यसरी नौटंकी गरिन्छ । कृपया यो नौटंकी बन्द गरियोस् । म अनुरोध गर्न चाहन्छु ।’



प्रतिक्रिया दिनुहोस्