Logo

विश्वविद्यालय तहका प्रश्नपत्र नेपाली र अंग्रेजी दुबै भाषामा निर्माण गर्न कांग्रेस सांसद परियारको माग



काठमाडौं,३१ असार । नेपाली कांग्रेसका सांसद जीवन परियारले विश्वविद्यायल तहका परीक्षमा प्रश्नपत्र नेपाली र अंग्रेजी दुबै भाषामा निर्माण गर्न सरकारसँग माग गरेका छन् ।

आइतबारको संसद बैठकको शून्य समयमा बोल्दै सांसद परियारले नेपालका अधिकांश सरकारी विद्यालयहरुमा नेपाली भाषाबाट पढाई हुने हुँदा परीक्षामा अंग्रेजीबाट सोधिने प्रश्न बुझ्न नसक्दा विद्यार्थीको फेल हुने दर बढ्दै गएको भन्दै नेपाली र अंग्रेजी दुबै भाषामा प्रश्नपत्र निर्माण गर्न सरकारसँग माग गरेका हुन् ।

सांसद परियारले संविधानले नै नेपालीलाई सरकारी कामकाज र राष्ट्रिय भाषाको मान्यता दिएको स्मरणसमेत गराए ।

उनले भने ‘अधिकांश शिक्षण संस्थामा नेपाली भाषामा अध्ययन अध्यापन गरिन्छ । कक्षा १२ सम्म प्रश्नपत्रपनि नेपाली र अंग्रेजीमा दुवै माध्यबाट सोधिन्छ । तर विश्वविद्यालय तहको स्नातकदेखि माथिल्लो तहका प्रत्येक विषयका प्रश्नपत्रहरु अंग्रेजी भाषामा मात्र सोध्दा विद्यार्थीले प्रश्न बुझ्न नसक्दा जानेको उत्तरपनि लेख्न नसकी फेल हुने प्रतिशत उच्च रहेको विज्ञहरुको भनाई छ । त्यसैले उच्च शिक्षामा पनि नेपाली र अंग्रेजी दुवै भाषामा प्रश्नपत्र निर्माण गर्न सकेमा पास हुने प्रतिशत बृद्धि हुने देखिन्छ । देशभरका लाखौँ बिद्यार्थीले यो माग गर्दै आइरहेका छन् । यो व्यवस्था तत्काल लागू गर्न म माग गर्न चाहान्छु ’।



प्रतिक्रिया दिनुहोस्

Screenshot