Logo

सरकारले सर्वप्रथम विश्वविद्यालयसम्बन्धी स्पष्ट नीति ल्याउनु जरुरी छ:  एमाले सांसद पन्त



काठमाडौं,३१ असार । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं प्रतिनिधिसभा सांसद रघुजी पन्तले नेपालमा विश्वविद्यालय स्थापना गर्ने होडबाजी चलेपनि व्यवस्थित गर्न नसकेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभामा राष्ट्रिय सभाबाट उत्पत्ति भएको नेपाल विश्वविद्यालय सम्बन्धी विधेयक-२०८० माथि विचार गरिओस् भन्ने प्रस्ताबमाथिको सामान्य छलफलमा भाग लिँदै पन्तले यस्तो बताएका हुन् ।

‘नेपालमा कति विश्वविद्यायल कुन-कुन सेक्टरमा चाहिने हो। प्रधानमन्त्रीज्यूले सुदूरपश्चिममा दशरथ चन्द मेडिकल विश्वविद्यालयको घोषणा गर्नुभयो । तर आवश्यक संरचना नहुँदा उक्त घोषणा कार्यान्वयन हुन सकेन’। हाम्रो त्रिविको हालत पातलिँदो छ । त्रिविले सम्बन्धन दिएका र आंगिक कलेजहरुमा विद्यार्थी नभएर कतिपय कलेजहरु बन्द हुने अवस्थामा छन् ’। उनले भने

यसभन्दा अगाडी केही शिक्षासेवीहरुले खोलेको काठमाडौं विश्वविद्यालय राम्रो चलिरहेको उदाहरण दिँदै पन्तले सरकार र निजी क्षेत्रबीच सहकार्यको आवश्यक्तासमेत औंल्याए । उनले भने‘ नेपालको अवस्था अनुसार हामीलाई कतिवटा विश्वविद्यालय चाहिने हो । कस्तो खालको चाहिने हो । मेडिकल वा इन्जिनियरिङ विश्वविद्यायल आवश्यक छ छैन । आर्टस सम्बन्धि कलेज कतिवटा चाहिने वा नचाहिने हो । भन्ने स्पष्ट व्यवस्था सरकारको योजनानमा देखिएन् । त्यसैले सरकारले सबैभन्दा पहिले विश्वविद्याय सम्बन्धी स्पष्ट योजना सार्वजनिक गर्नुपर्छ ’।

उनले सरकारले शिक्षा सम्बन्धि आउनुपर्ने जरुरी रहेको ऐनसमेत नआएको बताए । उनले भने ‘मदन भण्डारी प्राविधिक विश्वविद्यायल ऐन बनेर अगाडि बढेको थियो तर सरकारको प्राथमिकतामा परेन् । त्यो किन कार्यान्वयन भइरहेको छैन ? ।



प्रतिक्रिया दिनुहोस्

Screenshot