Logo

ट्वीटरले आफ्नो विज्ञापनबाट भएको आयको आधा हिस्सा गुमाएको मस्कको भनाइ



एजेन्सी । एलन मस्कले गत अक्टोबरमा ४४ अर्ब डलरमा सामाजिक सञ्जाल प्लेटफर्म ट्वीटरको किनेपछि आफ्नो विज्ञापन आयको झण्डै आधा हिस्सा गुमाइसकेको बताएका छन्।

मस्कले कम्पनीले सामना गरिरहेका कठिनाइहरूको बारेमा जानकारी गराउँदै आउनुभएको छ।

“विज्ञापनबाट उठ्ने राजस्वमा ५० प्रतिशतको गिरावट र भारी ऋणभारका कारण हामी अझै पनि नकारात्मक नगद प्रवाहमा छौं,” अरबपति मस्कले शनिबार ट्वीटमार्फत् बताए।

“हामीसँग अरू कुनै पनि चीजको विलासिता हुनुभन्दा पहिले सकारात्मक नगद प्रवाहमा पुग्न आवश्यक छ,” उनले थपे।

‘इन्साइडर इन्टेलिजेन्स’का अनुसार ट्वीटरले सन् २०२३ मा तीन अर्ब डलरभन्दा कम आम्दानी गर्ने अनुमान गरिएको छ, जुन सन् २०२२ को तुलनामा एक तिहाइ कम हो।

मस्कले ट्वीटरमा कब्जा जमाएपछि गरेका परिवर्तनहरूले प्रयोगकर्ता र विज्ञापनदाताहरूलाई समान रूपमा बन्द गरिदिएको छ।

मस्कले तथ्याङ्क चोरीको चरम स्तरलाई सम्बोधन गर्नेभन्दै यस महिनाको सुरूमा ट्विटरको प्रमाणित अकाउन्टहरूबाट एक दिनमा १० हजार ट्विटहरू पढ्नको लागि सीमित अनुमति दिने घोषणा गरेका थिए। रासस



प्रतिक्रिया दिनुहोस्