Logo

एमाले सांसद राई भन्छन् ‘प्रचण्ड नेतृत्वको सरकार ढाल्दैछौं’ (भिडियोसहित)



काठमाडौं, १ साउन । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले आफूहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढाल्ने प्रयत्नमा रहेको खुलासा गरेका छन् ।

हिजो (आईतबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रचण्डले मुलुकको नेतृत्व गर्न नसक्ने निष्कर्षसहित नयाँ सरकार बनाउन पहल भइरहेको खुलासा गरेका हु्न् ।

‘यो सरकार ढाल्न हामी प्रयत्न गर्छौ । यो सरकार जनताले गिराइदिन्छ अब । नेकपा (एमाले) का नेता पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, उहाँलेमात्रै मुलुक हाँक्न सक्नुहुन्छ । मुलुकको समृद्धि र विकासका निम्ति उहाँले देखेको सपना तमाम जनतालाई गोलबद्ध गरेर अगाडि जाने उहाँसँग विचार र दृष्टिकोण छ,’– उनले भने ।

साथै कांग्रेस र एमालेबीच गठबन्धन बनाएर नयाँ सरकार बनाउने प्रयत्न भइरहेकोसमेत उनले खुलासा गरे । प्रचण्ड नेतृत्वको सरकार नढलेसम्म जनताको घरमा सहजरुपले चुल्हो नबल्ने उनको दाबी छ । उनले प्रचण्ड नेतृत्वको सरकाले मजदुर, किसान र श्रमिकहरुको पक्षमा केही गर्न नसकेको आरोप लगाए ।

अहिले मुलुकको अवस्था गम्भीर मोडमा रहेकाले यो सरकारको आयु पनि धेरै लामो नरहेको उनले बताए । ‘यो सरकारको आयु लामो छैन । यो सरकारको यात्रा तेर्सो छैन । ओरालो–उकालो छ । यसले काम गर्न सक्दैन,’– उनले भने ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot