Logo

प्राकृतिक व्यक्तिले कति तिर्नुपर्छ आयकर ? (सूचीसहित)



काठमाडौं, १ साउन । आजदेखि आर्थिक वर्ष २०८०/०८१ सुरु भएको छ । अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ का लागि ल्याएको बजेट र करका दरहरु आजदेखि कार्यान्वयनमा आउनेछन् । आर्थिक वर्ष २०८०/०८१ मा प्राकृतिक व्यक्तिका लागि लागू हुने करको दर हेरफेर भएको छ ।

यस वर्ष वार्षिक पाँच लाखसम्म आम्दानी गर्ने एकल व्यक्तिको हकमा र दम्पतिको हकमा छ लाखको आयमा समान कर लगाईको छ । आन्तरिक राजस्व विभागका अनुसार वार्षिक रुपमा एकल व्यक्तिले पाँच लाखसम्म र दम्पत्तिले छ लाखसम्मको आयमा आफ्नो आयको १ प्रतिशतले कर तिर्नुपर्ने हुन्छ ।

त्यसैगरी पाँच लाखभन्द माथि ७ लाख सम्मको आयमा एकल व्यक्तिले १० प्रतिशत कर तिर्नुपर्ने छ । दम्पतिको हकमा छ लाख रुपैयादेखि आठ लाखसम्मको आयमा १० प्रतिशतले कर तिर्नुपर्ने छ । File Photo/RN 

यस्तो छ, आर्थिक वर्ष २०८०/०८१ मा प्राकृतिक व्यक्तिलाई लागू हुने करको दर



प्रतिक्रिया दिनुहोस्