Logo

राप्रपा अध्यक्ष लिङ्देनको गलत हर्कतः १४ वर्षीय बालकलाई गराए पार्टी प्रवेश



काठमाडौं, १ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले १४ वर्षीय बालकलाई पार्टी प्रवेश गराएका छन् । कक्षा ९ मा अध्ययनरत विराटनगरका एक बालकलाई लिङ्देनले नै पार्टी प्रवेश गराएका हुन् । उनले एक कार्यक्रमबीच ती बालकलाई टीका र खादा ओढाएर पार्टीमा स्वागत गरेका थिए । नेपालको संविधान र बालबालिका सम्बन्धि ऐन २०७५ ले १८ वर्ष पूरा नगरेको व्यक्तिलाई बालबालिका मानेको छ ।

बालबालिका सम्बन्धी ऐन २०७५ को परिच्छेद ८ दफा ६६ मा बालबालिका विरुद्धको कसुरको व्यवस्था गरिएको छ । जस अन्तर्गत बालबालिकालाई राजनीतिक प्रयोजनका लागि संगठित गर्न, हड्ताल, बन्द वा जुलुसमा प्रयोग गर्न निषेध गरेको छ ।

बालबालिका सम्बन्धी ऐन २०७५ को परिच्छेद ८ दफा ६६ बालबालिका विरुद्धको कसुरको उपदफा (६) मा ‘ राजनीतिक प्रयोजनका लागि संगठित गर्ने वा हड्ताल, बन्द, चक्काजाम वा जुलुसमा प्रयोग गर्ने’ कामलाई बालबालिका विरुद्धको कसुर मानेको छ । यस अर्थमा लिङ्देनको उक्त कार्य बालबालिका विरुद्धको कसुर हो । यस्तो कसुर गर्नेलाई ७५ हजारसम्म जरिवाना र तीन वर्षसम्म कैद गर्न सकिने कानुनी व्यवस्था छ । File Photo/Reporters Nepal 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot