Logo

कांग्रेसले बालकृष्ण खाँणलाई कारबाही नगर्ने



काठमाडौं, १ साउन । एक वर्षभन्दा लामो समयपछि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलिदेखि बस्दैछ । भोलि दिउँसो १ बजेदेखि बस्ने बैठकमा छलफल हुने एजेण्डाहरु तय भइसकेका छन् । कांग्रेस पदाधिकार र पूर्व पदाधिकारीसहितको आज बसेको बैठकले केन्द्रीय समिति बैठकमा छलफलको लोगि १० वटा एजेण्डा तय गरेको छ ।

केन्द्रीय समितिमा छलफलका लागि एजेण्डा तय गर्दैगर्दा कांग्रेसले नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेको बालकृष्ण खाँणलाई केन्द्रीय समितिबाट निलम्बन गर्ने बारे एजेण्डा भने राखेको छैन । ुसोही प्रकरणमा पक्राउ परेका नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीलाई एमालेले उही समयमा निलम्बन गरे पनि बालकृष्ण खाँणलाई कांग्रेसले पार्टीको केन्द्रीय सदस्यमा राखिराखेको छ । File Photo/Reporters Nepal 

 



प्रतिक्रिया दिनुहोस्